काठमाडौं । सामसङ नेपालले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नामक विशेष उपभोक्ता अभियान घोषणा गरेको छ । कम्पनीले नयाँ वर्ष २०८३ को अवसर पारेर टेलिभिजन र होम अप्लायन्सहरूमा आकर्षक छुट, पक्का उपहार तथा २४ महिनासम्मको विस्तारित ईएमआई योजनासहितको अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उक्त योजना बुधवारदेखी शुरु भएर मे १४, २०२६ सम्म लागू हुनेछ । अभियान अन्तर्गत उपभोक्ताले भिजन एआई टिभी तथा वेसपोक एआई होम अप्लायन्स खरिद गर्दा विशेष छुटका साथै विभिन्न सुविधा पाउनेछन् । यस अफरअन्तर्गत टिभीमा अधिकतम २५ प्रतिशतसम्म, वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । नयाँ वर्षको सुरुवातमै घरायसी उपकरण अपग्रेड गर्न चाहने उपभोक्तालाई लक्षित गरी योजना ल्याइएको कम्पनीले जनाएको छ । यसबाहेक, चुनित टिभी मोडेल खरिद गर्दा १२ महिनासम्मको तीन हजार रुपैयाँबराबरको नेटटिभी प्याकेज निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै, चुनित वाशिंग मेशिन खरिदमा ६ केजी सरफ पक्का उपहारस्वरूप प्रदान गरिनेछ ।
टिभी सेग्मेन्टअन्तर्गत क्यूएलईडी (५५–८५ इन्च) मा २५ प्रतिशतसम्म, यूएचडी (४३–६५ इन्च)मा १० प्रतिशतसम्म, एफएचडी ४३ ईन्चमा ७ प्रतिशत र एचडी ३२ इन्चमा २१ प्रतिशतसम्म छुट रहेको छ । क्यूएलईडी र यूएचडी मोडेलमा १२ महिनाको नेटटिभी प्याकेज तथा एफएचडी र एचडीमा ६ महिनाको प्याकेज निःशुल्क उपलब्ध हुनेछ । वासिङ मेशिनतर्फ एआई एकोब्बल वासर ड्रायर (९–११ केजी) मा २३ प्रतिशतसम्म र फ्रन्ट लोड (९–१२ केजी) मा २० प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ । फुल्ली अटोमेटिक टप लोड (८ केजी) र सेमी अटोमेटिक (७ केजी) मा १२ प्रतिशतसम्म छुट रहेको छ । रेफ्रिजरेटरतर्फ एसविएस (७०० लिटर) मा ११ प्रतिशत, फाइभ इन वान (३५०–४१९ लिटर)मा १६ प्रतिशत, डबल डोर (२५३–२७५ लिटर) मा १७ प्रतिशत र सिंगल डोर (१९२–२३० लिटर) मा १५ प्रतिशतसम्म छुट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
साथै, २४ महिनासम्मको ईएमआई योजनाले उपभोक्तालाई थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । ५० हजार रुपैयाँभन्दा माथिका उपकरण खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्टमार्फत बाँकी रकम किस्तामा तिर्न सकिनेछ । १२ महिनाको ईएमआई योजनाको तुलनामा मासिक किस्ता करिब आधा हुने कम्पनीले जनाएको छ । सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत १२ महिनासम्मको ईएमआइमा शून्य प्रतिशत ब्याजदर लागू हुनेछ भने २४ महिनाको ईएमआइमा ७ दशमलब ९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ । कम्पनीले पुराना उपकरण एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरूले अर्कोस्टोर वा देशभरका आधिकारिक सामसङ रिटेल स्टोरमार्फत पुराना उपकरण साटेर नयाँ खरिद गर्न सक्नेछन् ।