काठमाडौं । स्मार्ट होम प्रविधिको बजारमा हायरले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था युरोमनिटर इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२५को तथ्यांकअनुसार हायर विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइजको रूपमा स्थापित भएको हो ।
कम्पनीको स्मार्ट होमतर्फको विश्वव्यापी आम्दानी र बजारमा उपलब्ध कम्पनीका स्मार्ट उपकरणका आधारमा यो र्याङ्क प्रदान गरिएको अनुसन्धान संस्थाले जनाएको छ । कम्पनीले स्मार्ट होम्सतर्फ स्मार्ट उपकरण, स्मार्ट सुरक्षा प्रणाली, स्मार्ट लाइटिङ र ऊर्जा व्यवस्थापनजस्ता व्यापक क्षेत्रमा आफूलाई विस्तार गरेको छ । यसले कम्पनीलाई घरेलु उपकरण निर्माता कम्पनीमा मात्रै सीमित नभई ‘स्मार्ट लिभिङ’ क्षेत्रको अग्रणी कम्पनीका रूपमा रुपान्तरित भएको देखाउँछ । कम्पनीले एआईलाई आफ्ना सबै उपकरणमा समावेश गर्दै करिब ७० भन्दा बढी स्मार्ट उपकरण निर्माण गरेको छ । जुन घरका भान्सा कोठा, सुत्ने कोठा र बैठक रुम, वाथ रुममा प्रयोग हुन्छन् । यी सबै उपकरण एउटै सफ्टवेयर प्लेटफर्ममा जोडिने हुँदा एकअर्कासँग सहजरूपमा कम्युनिकेट गर्दै प्रयोगकर्ताको दैनिकिलाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीको हाल विश्वभर १३ करोडभन्दा बढी प्रयोगकर्ता छन्, त्यसमध्ये लाखौँ प्रयोगकर्ताले स्मार्ट होम प्लेटफर्ममार्फत आफ्नो दैनिक कामकाजलाई व्यवस्थापन गरिरहेका छन् । यसलाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले स्मार्ट एआईको नयाँ भर्सन २.० सार्वजनिक गरेको छ । यसले उपकरणलाई प्रयोगकर्ताको आवश्यकता आफैँ बुझी काम गर्नसक्ने बनाउँछ । कमम्पनीले हार्डवेयर, सफ्टवेयर र रोबोटिक्सलाई एउटै प्रणालीमा जोड्दै अझ उन्नत स्मार्ट होम प्रविधि विकास गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत कम्पनीले घरमा हुने काम रोबटले नै गर्नेगरी रोबोटसँग यी स्मार्ट उपकरणहरूलाई जोड्ने सिस्टम तयार गरिररहेको छ । यसले सामान मिलाउनेदेखि सफाइ र हेरचाहसम्मका काम रोबटनले नै गर्नेछ । कम्पनीका अनुसार यस्तो प्रविधिले घरलाई ‘सुन्ने, देख्ने र सोच्ने’ क्षमतासहितको बनाउँदै प्रयोगकर्ताको जीवनलाई अझ सहज, स्मार्ट र आधुनिक बनाउन मद्दत गर्नेछ ।