विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको पाँच दिने होम विल्ड एक्जिविसन सकिएको छ । गत चैत १२ गतेदेखि सुरु भएको एक्जिविसन सोमबार सकिएको हो ।
प्रदर्शनीले घर निर्माण क्षेत्रको समग्र इकोसिस्टमलाई एउटै छानामुनि ल्याउन सफल भएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । प्रदर्शनीमा विभिन्न सरोकारवाला निकायहरूसंग छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन भएको थियो । प्रदर्शनीले निर्माण क्षेत्रका नेपाली उत्पादन तथा सेवाहरूको प्रवर्द्धन, नवप्रवर्तनको प्रोत्साहन तथा सम्पूर्ण निर्माण इकोसिस्टमलाई सुदृढ बनाई यस क्षेत्रको बजार विस्तारमा सहयोग पुर्याउने उनको भनाइ छ । प्रदर्शनीमा ८० भन्दा बढी स्टलहरूमार्फत घर निर्माणका लागि आवश्यक जग निर्माणदेखि फिनिसिङसम्मको आधुनिक इन्टेरियर डिजाइनसम्मका विविध सामग्री तथा सेवाहरू राखिएका थिए ।