काठमाडौं । सत्ताका दलाल र बिचौलिया अरु देशमा पनि हुन्छन्, त्यसकै सिको गरेर नेपालमा पनि यस्ता बिचौलियाहरू क्रियाशील छन् । निरङ्कुश पञ्चायती व्यवस्थामा पनि त्यस्ता बिचौलियाा दलाल क्रियाशील थिए । त्यतिबेलाको वैधानिक दलाली आईसी टीसईले गर्थ्यो । सत्ताको दलाली गर्नेहरूमध्येका एक थिए, उमेश श्रेष्ठ । उनी तानाशाही पञ्चायती व्यवस्थाको अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको नाममा दलाली गर्थे । २०४६ सालको जनआन्दोलनमा जनताले लखटेपछि मरिचमानलाई उनै उमेशले स्कुलमा लगेर लुकाएर बचाएका थिए भनिन्छ । मरिचमानकी छोरीलाई सिंगापुर घुमाएर उनका साथमा ल्याइएको दुईवटा सुटकेस एयरपोर्टबाट विनाचेकजाँच छिराएपछि धनी व्यवसायी हुन थालेका उमेश त्यसपछि सामान्य कर्मचारी थिए । तर अहिले छिटो धनी भएको व्यक्ति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनको मूल खम्बा मानिएको नेपाली कांग्रेस पार्टीको कोषाध्यक्ष पनि छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले सहभागी भएर योगदान गर्नेभन्दा पनि सहभागीहरूलाई समाउने थुन्ने, पिट्ने, सहिद बनाउने काममा सत्ताधारीहरूलाई सुराकी र सुझाव दिएर योगदान गरेका थिए । त्यसैको कदर गरेर शेरबहादुर देउवाकी श्रीमतीले उनलाई पार्टीको कोषाध्यक्ष बनाएकी हुन् ।
अहिले मानसिक रूपमा दुई भागमा विभाजित नेपाली कांग्रेसमा त्यस्तै प्रजातन्त्रविरोधी मण्डले गुण्डा दलाल र बिचौलियाहरूको बाहुल्यता रहेको छ । प्रजातन्त्र पुनर्स्थापनापछिको खुकुलो परिवेशलाई दुरुपयोग गरेर उदाएका अनेकौँ बिचौलिया छन् । हालै मात्र सम्पन्न आम निर्वाचनपछि बालुवाटारमा एउटा बिचौलियाले आफ्नो निवासलाई दलालीको अखडा नै बनाएको छ । राजदूत, जीएम वा अन्य जुनसुकै नियुक्ति वा सरुवा बढुवाको दररेट बनाएर खुलारूपमा बार्गेनिङ गरिरहेको छ । त्यहाँ पुगेर आउनेहरूले एउटा मध्यमखाले मुलुकको राजदूत बन्न तीन करोड लाग्ने बताएको सुनाएका छन् ।
दुई तिहाइ बहुमतको सरकारले ११ सयभन्दा बढी पदमा नयाँ नियुक्ति दिनेछ र ती पदमा फलानो दूतावासबाट सिफारिस गराएर नियुक्ति दिलाउने आश्वासन दिएर त्यो बिचौलियाले रकम उठाइरहेको छ ।
प्रजातन्त्र पुनर्स्थापनापछि यस्ता बिचौलिया र गुण्डा बर्खामा च्याउ उम्रिएजस्तै जताततै देखिएका छन् । उनीहरूलाई कुनै न कुनै नेता र प्रहरीको संरक्षण रहँदै आएको पनि कसैबाट छिपेको छैन । तिनै बिचौलियाहरूमध्ये पछिल्लो समय एउटा बिचौलिया सर्वत्र हावी हुँदै आएको छ । कृषि सामग्री संस्थानको एउटा जागीरेको परिवारबाट उदाएको त्यो बिचौलिया अहिले भस्मासुर बिचौलियाको उपनामले
कुख्यात छ ।
बाउले रासायानिक मल किन्न निकालेको संस्थानको रकम चोरेर भागेपछि सुरु भएको उसको लुटको धन्दा सुशीला कार्की नेतृत्वको सरकारसम्म आइपुग्दा उच्चतम विन्दुमा पुगेको छ । त्यो भस्मासुर बिचौलियाले आफूलाई कार्कीको सम्धीखलक भन्ने गर्दथ्यो । २०५० सालदेखिको उसको लुटको धन्दा कुन पैैसा नचाहिने मान्छे सत्तामा आउँछ र रोकिएला अहिले नै भन्न सकिँदैन । तर उसले जुन–जुन नेतालाई उपयोग गर्यो, ती सबै समयक्रम बदलिएसँगै राजनीतिक रूपमा उनीहरू आफैँ भस्मखरानी हुँदै गएका छन् ।
त्यो भस्मासुर बिचौलियाले उपयोग गरेका नेता कुनैको पनि राम्रो भएको छैन । तीमध्ये केहीचाहिँ अहिले पनि राजनीतिक रूपमा अस्तित्व जोगाइरहेका छन् तर ती पनि जोगिने अवस्था देखिँदैन । तीमध्येका एक हुन्, ‘बालरोगी’ उपनामले चिनिने पूर्वअर्थमन्त्री । उनी अहिले पनि प्रचण्डको नजिकै छन् ।
अर्का एक जना त्यही पार्टीका नेता केही हप्ताअघिको शनिबार पूरै हल रिजर्भ गरेर भट्टको आतिथ्यमा फिल्म हेर्न पुगेका थिए । उनीहरू दुवै पूर्वअर्थमन्त्री हुन् । तर अर्थशास्त्रीचाहिँ होइनन् । उनीहरूको किचनसम्मै पुगेर त्यो भस्मासुर बिचौलियाले चिया पकाएर सर्भ गर्नेगरेको कथा ठाउँ–ठाउँमा सुन्न पाइन्छ । तिनका पालामा गराइएको निर्णय र करका दरका हेराफेरी गराइएको निर्णय र करका दरका हेराफेरीबाट नवनागरिकहरूबाट उठाइएको दस्तुर तिनका खातामा अझै पुगेको छैन ।
सबै त्यही बिचौलियाले चिनियाँ शैलीमा आफ्नै नाममा सेटल गराएको छ । उनीहरूले निर्णय गरिदिएका छन् । त्योबापत खाने र बस्ने सुविधा पाएका छन् तर नगद नास्ती, माग्दैको सास्ती भनेजस्तो व्यहोरिरहेका छन् । बाउको सरकारी रकमको झोला चोरेर जीवन सुरु गरेको त्यो केटो अहिलेको खुङ्खार बिचौलिया मात्र बनेको छैन भस्मासुर बिचौलिया बनेको छ ।
नेपालमा क्रियाशील नवनागरिक व्यवसायीहरूको चोरीचकारीको धन्दा निर्बाधरूपमा चलाउन उसले प्रि–पेड समूह बनाएको छ र आफ्नो कमिसन कटाएर नेता तथा प्रहरी एवं निजामती कर्मचारी प्रशासनका लोभीपापीलाई ‘कुत्तेकी खुराक’ फालेर धन्दा चलाउँदै आएको छ ।
सेना प्रहरीका ठेक्का सप्लाईदेखि सरकारी कामकाज प्रहरीका ठेक्का, सप्लाईदेखि सरकारी कामकाज सरुवा बढुबा, पुँजीबजार बीमा, हाइड्रो जताततै बोलबाला चलेको छ । नचलोस् पनि किन ? कांग्रेसका शेरबहादुर देउवा अनुकूल नहुँदासम्म उसलाई अलि अप्ठ्यारो थियो तर देउवाले राजनीतिमा स्वास्नीलाई र कमिसन उठाउन सालोलाई अघि सारेपछि त्यो बिचौलियाले उनीहरूलाई नै समात्यो ।
अहिले देउवाको छोरोको प्रतिष्ठित हिल्टन होटल डढेर खरानी भएको छ । देउवा दम्पती बूढानीलकण्ठका भूत भएका छन् । एमालेका बामदेव गौतम इतिहासमा सीमित भएका छन् । एकताका उनको घरमा चिया पकाउन पुग्थ्यो त्यो भस्मासुर ! त्यसलाई किचनमा पुर्याउँदा बामदेवको परिवारले भोग्नु परेको पीडा अहिले पनि सम्झेर रुँदा हुन् ।
त्यसरी उपयोग गरेर ‘घरको न घाटको’ बनाएर छाड्ने त्यो बिचौलियाको जीवनशैली नै हो । बिचरा बामदेव मात्र होइन्, जनार्दन, महरा र वर्षमान पनि त्यही पीडामा छन् । प्रचण्ड, केपी आली, माकुने र झलनाथहरू नाथ बन्न पाएनन् । गंगा दाहालले अलिअलि गरे पनि ओकल्ने दिन आउन लागेको जस्तो देखिन थालेको छ । त्यो भस्मासुर बिचौलियाासँग जसले साझेदारी गरे ती अहिले पछुताइरहेका छन् । जसले ऊसँग सम्बन्ध गाँसेका छन् ती सबैको समस्याको गाँठो एउटै छ । कसैले पनि उसलाई दिएको रकम फिर्ता पाएका छैनन् ।
केही दिनअघि मात्र शेखर गोल्छाले हिमालयन रि–इन्स्योरेन्सबाट राजीनामा दिएका छन्, केएल दुगड केही वर्षअघि कालोबजारीमा परेका थिए । ट्रंक लाइन तथा डेडिकेटेड फिडरको बिजुली बिलको विवाद मिलाउन सबै व्यापारीसँग उठाइएको रकम त्यही बिचौलियााले एक्लै बजाइदिएपछि त्यो विवाद क्यान्सरको घाउजस्तो बनेको छ । सबै पार्टीका नेताले त्यही बिचौलियाालाई चाप्दा बागबजारमा रसियन कम्पनीको कगजपत्र तयार पारेर सेनाका लागि एमआई १७ खरिद गराउने दूस्साहस समेत गर्न छाडेन उसले । तर प्रहरीको भएको भए पनि कुरै नगरे हुन्थ्यो । तर सेनाले पनि टुलुटुलु हेर्नुबाहेक केही गर्न सकेन ।
मै हुँ भन्ने सोमेन्द्र भन्ने अर्को बिचौलियालाई समेत ठाउँका ठाउँ सिध्याइदियो भन्छन् । बिचरा अहिले पछि नेपाली नागरिकता लिएका उसका अलिखित पार्टनरबाहेक कुन विकल्प होला र ? त्यही भस्मासुर बिचौलियााको प्रलोभनको पासोमा पर्दा यी सबै सकिए, भस्मीभूत भए । अब खरानी हुने पालो कसको होला ? हेर्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । तर एउटा सारवत् सत्यचाहिँ के हो भने यस्तो बिचौलियााको देश, धर्म, इमान जमान, आफन्त नातागोता केही हुँदैन । धोका र स्वार्थसिद्ध मात्र हुनेछ ।