काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीईले आफ्नो नयाँ गेमिङ फ्ल्यागसिप स्मार्टफोन जेडटीई ‘रेड म्याजिक ११ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ फोन हो । जेडटीईको हाइ पर्फर्मेन्स नुबिया रेड म्याजिक सिरिजअन्तर्गत पर्ने यो स्मार्टफोन नेपालमा तीव्ररूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको हो । यसले उत्कृष्ट पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले प्रविधि र लामो समय टिक्ने ब्याट्री क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । यस गेमिङ फोनको आगमनसँगै रेड म्याजिक गेमिङ ब्रान्ड नेपालमा पहिलो पल्ट औपचारिक रुपमा प्रवेश गरेको छ । यो फोन एड्भान्स्ड कुलिङ सिस्टम, हाइ रिफ्रेस रेट डिस्प्ले र पर्फर्मेन्स–केन्द्रित इन्जिनियरिङसहित विशेष रूपमा तयार गरिएको हो । यो फोनमा स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको छ ।
फ्लुइड भिजुअल र हाइ रेस्पोन्सिभनेसको लागि यसमा १४४ हट्र्जको रिफ्रेस रेटसहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ । यसमा भएको थ्री डि अल्ट्रा सोनीक इन–डिस्प्ले फिंगर प्रिन्ट सेन्सरले सिमलेस एक्सेस प्रदान गर्दछ भने २३० ग्रामको हल्का तौलले प्रिमियम अनुभव र फंक्सनालीटी दुवै प्रदान गर्दछ । ९५.३ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएकोले इमर्सिभ एज–टु–एज अनुभव प्रदान गर्दछ । यस फोनमा आईपी ६८ वाटर रेसिस्टेन्स पनि रहेको छ । ८० वाटको अल्ट्रा–फास्ट चार्जिङसहितको ७५०० एमएएचको शक्तिशाली ब्याट्रीले बारम्बार चार्ज गर्नुपर्ने झन्झटविना लामो समयसम्म फोन प्रयोग गर्न सकिन्छ । ब्लुटुथ ५.४ सपोर्ट तथा अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूले समग्र प्रयोग अनुभवलाई अझ सुदृढ बनाएको छ । लिक्विड इन्जेक्टेड कुलिङ मास्टर गरिएकोले पर्फर्मेन्समा कुनै ल्याग हुँदैन । एडभान्सड कुलिङ आर्किटेक्चरमा १३११६ एमएम२ भेपर च्याम्बर समावेश छ । डबल साइडेड हिट कन्डक्सनले ५० प्रतिशत ताप बाहिर निस्किँदैन । ब्लुटुथ ५.४ सपोर्ट र अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूको साथ यस स्मार्टफोनले समग्र प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउने दाबी कम्पनिले गरेको छ ।
जेडटीई रेड म्याजिक ११ प्रोमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सरसहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले स्पष्ट सेल्फी र भिडियो कलको सुविधा प्रदान गर्नेछ । यो फोनको मूल्य एक लाख ६४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । शून्य प्रतिशत किस्ता योजनामार्फत पनि स्मार्टफोन उपलब्ध रहेको कम्पनीले जनाएको छ । लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूले ५ हजार रुपैयाँ क्यास ब्याकसँगै २० हजार रुपैयाँबराबरको रेड म्याजिक गेमिङ कन्सोल निःशुल्क प्राप्त गर्न सक्नेछन् ।