काठमाडौं । सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रालिले सेगवे ई११०एल अफरसहित नेपालमा उपलब्ध गराएको छ ।
कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा सेगवे ई११०एल लाई नेपालमा २ लाख ८४ हजार ९९९ रुपैयाँमा पुनः बजारमा उपलब्ध गराएको हो । यस अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ । कम्पनीले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम ४१ हजार रुपैयाँसम्म बचत गर्न सक्नेछन् । यो अफरमार्फत सेगवे ई११०एल लाई दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार यसमा २४०० वाटको मोटर छ, जसले १५० न्यूटन–मिटर टर्क दिन्छ भने अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्छ । यसले १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि विनाकठिनाइ सजिलै सम्हाल्न सक्ने कम्पनीको भनाइ छ । यो स्कुटरमा आवश्यकताअनुसार तयार गरिएको ट्रेलोर्ड बुसलेस मोटर प्रयोग गरिएको छ । ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एक पटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म चल्न सक्छ । साथै, २७ लिटरको बुट स्पेस र रिभर्स मोडले सहरभित्रको प्रयोगलाई अझ सहज बनाउने कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार राइडिङ अनुभवलाई ध्यानमा राखेर यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, यसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिन्छ । एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेकले राम्रो ग्रिप र कन्ट्रोल दिन्छ । १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण स्कुटर विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनेको छ । यसमा विभिन्न स्मार्ट फिचरहरू पनि छन् । जीपीएस ट्र्याकिङ र रिमोट एक्सेसले स्कुटरको निगरानी गर्न सजिलो बनाउँछ भने एन्टी–थेफ्ट सिस्टमले सुरक्षा थप मजबुत बनाउँछ । क्रुज कन्ट्रोल र रिजनरेटिभ ब्रेकिङले यात्रा सहज र ऊर्जा–कुशल बनाउँछन् । साथै, इलेक्ट्रोनिक सिट लक, म्याट्रिक्स एलइडी हेडलाइट र रियर इन्डिकेटरले दृश्यता सुधार गर्ने जनाइएको छ । बीएमएस ५.० सिस्टमले ब्याट्रीको प्रदर्शन व्यवस्थापन गर्छ भने आईपीएक्स ४ रेटिङले हल्का वर्षामा पनि प्रयोग गर्न मिल्ने बनाएको छ ।