काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो दिन ७४ दशमलव ७३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पाँच दशमलव ८२ अंकले उकालो लागेर २७ सय ८२ दशमलव १८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दशमलव ३९ अंकले ओरालो लागेर चार सय ७३ दशमलव २३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख तीन हजार दुई सय २५ पटकको कारोबारमा दुई करोड १३ लाख १८ हजार नौं सय २९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार तीन सय ३५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य उपसमुहको सुचक खुम्चिएका छन् भने बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।