काठमाडौँ । देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट एक, लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरिएको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिकाबाट ४४ किलो गाँजासहित प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाइएको छ । बिहीबार पक्राउ परेका केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ ।