काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा होम बहादुर खड्का नियुक्त भएका छन् । कम्पनीको चैत १८ गते बुधबार बसेको संचालक समितिको बैंठकले नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैठकले सञ्चालक समितिमा संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक विश्वराज बरालको ठाउँमा बैंकका डीसीईओ खड्कालाई नियुक्त गरेको हो ।