काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर आइतबार बिहान ८ः३४ मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

गत चैत १८ गते यसअघि मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।