जलेश्वर (महोत्तरी) । महोत्तरीको बर्दिबास अस्पताललाई बर्दिबास युथ क्लबले ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको मूल्य २५ लाख बराबरको भएको बताइएको छ ।
बर्दिबास युथ क्लबले अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता भएको हुँदा यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास अस्पतालका लागि २४ लाख ८६ हजारको ‘थाइराइड उपचार मेसिन’ प्रदान गरेको हो ।
आइतबार यहाँ आयोजित कार्यक्रम बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई सो मेसिन हस्तान्तरण गरेको बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले बताए
नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब यस अस्पतालमा आजैदेखि थाइराइड रोगको पनि उपचार सुरुआत गरिने जानकारी दिए ।