काठमाडौं । जगदम्बा मोटर्सले ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८३ को अवसर पारेर ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्यसहत अफर सार्वजनिक गरेको हो ।
अफरअन्तर्गत, टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले प्रत्येक दिन ग्राहकहरूले पाँच वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने मौका पाउनेछन् । साथै, ग्राहकहरूले दैनिक अधिकतम पाँच लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस अफरमा दुई हजार नौ सय ६७ रुपैयाँबाट सुरु हुने न्यूनतम ईएमआई सुविधा पनि उपलब्ध गरिएको छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले अफरमार्फत ग्राहकहरूको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेको बताए । ‘यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई, दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो’, उनले भने । त्यसैगरी, जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारले यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स—तीनै माध्यममा उपलब्ध रहेको बताए । उनले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल र स्कूटरमा उत्कृष्ट मूल्यांकन प्रदान गर्ने प्रतिबद्धता जनाए ।