काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो।महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार मात्र नभई फौजदारी मुद्दाहरूको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्वकर्ता पनि हुन्। उनीहरूले सरकारवादी हुने सबै मुद्दामा बहस तथा पैरवीको नेतृत्व गर्ने जिम्मेवारीसमेत सम्हाल्नेछन्। नयाँ नियुक्तिसँगै कँडेलले सरकारको कानुनी रणनीति निर्माण, मुद्दा व्यवस्थापन र न्यायिक प्रक्रियामा समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।