लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई हिरासतबाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौं ले आदेश दिएको छ।बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको थियो। सोही आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। यसअघि नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं ले मुद्दा चलाउन नपर्ने रायसहित फाइल तयार गरी उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालय मा पठाएको थियो।मुद्दा नचलाउने निर्णय भइसकेको अवस्थालाई आधार मान्दै जगतबहादुर पौडेल को इजलासले शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान प्रक्रिया जारी राख्न आदेश दिएको हो। अदालतको आदेशसँगै अब उनीमाथि अनुसन्धान भने जारी रहनेछ।