काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन विरुद्ध जान असन्तृष्ट समूहले राजधानीको होटल यल्लो पगोडामा आयोजना गरेको विषेश भेला एक सहभागीको प्रश्नका कारण भाँडिएर बिना निस्कर्ष सकिएको छ । संखुवासभाबाट सुनसरीझेका राप्रपाका एक केन्द्रीय सदस्यले गरेको प्रश्नका कारण उक्त भेला बिना निस्कर्ष रोकिएको हो ।
राप्रपाका महामन्त्री धवलशम्सेर राणा समूहले उक्त भेला आयोजना गरेको थियो । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राप्रपाको हलोमा भोट नहालेर घण्टीमा भोट हाल्नेहरुको यहाँ भेला भएजस्तो लाग्छ, राप्रपालाई भोट नै हाल्नेहरुले मागेर विशेष महाधिवेशन हुने र राप्रपाको अध्यक्ष हट्ने जस्तो लाग्दैन्, यो भेलाको कुनै औचित्य छैन भनेर कड्किएपछि भेला नै रोकिएको थियो ।
उक्त भेलामा दील विकास राजभण्डारी, दिनानाथ गिरी, केशव लाल श्रेष्ठ, सुरेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।