काठमाडौंं । ३० लाखभन्दा माथिको साना तथा मझौला ऋणमा ६० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशन, २०८२ मा नेपाल राष्ट्र बैंकले संशोधन/परिमार्जन/थप गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन/थप गर्दै संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको राष्ट्र बैंकको भनाइ छ ।
निर्देशनअनुसार अन्य सम्पत्तिको हकमा ३० लाख रुपैयाँ भन्दा बढी भएका साना तथा मझौला ऋणमा ६० प्रतिशत जोखिम भार रहने छ । कृषि, सूचना प्रविधि वा उत्पादन उद्योगसँग सम्बन्धित एसएमई, ख । जम्मा र क्रेडिट ग्यारेन्टी कोषद्वारा ग्यारेन्टी गरिएको वा जग्गा र/वा भवनद्वारा पूर्ण रूपमा सुरक्षित गरी त्यो सम्पत्तिको उचित बजार मूल्यमा कम्तिमा २५ प्रतिशतको मार्जिनको साथ प्रोजेक्ट इन्स्योरेन्सले कभर गरेको हुनुपर्ने छ ।