काठमाडौं । शाओमीले नेपाली बजारमा नयाँ वायरलेस इयरबड्स सार्वजनिक गरेको छ । कम्पनीले रेडमी बड्स ४ लाइट सार्वजनिक गरेको हो ।
यो डिभाइसमा स्मार्ट फिचर, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीजस्ता विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ । यसमा भएको डुअल माइक्रोफोनसहितको एक्टिभ न्वाइज क्यान्सलेसन (एएनसी) प्रविधिले बाहिरी अनावश्यक आवाजलाई न्यून गर्दै प्रयोगकर्तालाई स्पष्ट अडियो अनुभव प्रदान गर्नेछ । विशेषगरी हावा, यातायात तथा एसीजस्ता कम फ्रिक्वेन्सीका आवाजलाई घटाउने क्षमताले बैठक तथा अनलाइन सेसनहरूमा सहजता थप्ने कम्पनीको भनाइ छ । १२.४ एमएम टाइटानियम डायाफ्राम ड्राइभर प्रयोग गरिएको यस इयरबड्सले गहिरो बास र स्पष्ट ट्रेबलसहितको सन्तुलित ध्वनि दिने कम्पनीको दाबी छ । प्रयोगकर्ताले आफ्नो रुचिअनुसार इक्वलाइजर सेटिङ परिवर्तन गरी ध्वनि अनुभवलाई अनुकूल बनाउन सक्नेछन् ।
डिभाइस कनेक्टिभिटीतर्फ, यी इयरबड्सले एकै पटक दुईवटा डिभाइससँग जडान हुने सुविधा प्रदान गर्नेछ । ब्याट्री क्षमताका हिसाबले इयरबड्स मात्रै ८ घण्टासम्म चल्नेछन् भने चार्जिङ केससहित कुल ३६ घण्टासम्म प्रयोग गर्न सकिनेछ । फास्ट चार्जिङ सुविधाअन्तर्गत १० मिनेट चार्ज गर्दा करिब २ घण्टासम्म प्रयोग गर्न सकिनेछ । यो इयरबड्स कालो र सेतो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । विभिन्न साइजका इयर टिप्ससमेत समावेश गरिएकाले प्रयोगकर्ताले आफ्नो कानअनुसार मिलाउन सक्नेछन् । नेपाली बजारमा यसको मूल्य चार हजार एक सय ९९ रुपैयाँ निर्धारण गरिएको र एक वर्षको वारेन्टी उपलब्ध रहने कम्पनीले जनाएको छ ।