काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष अफर ल्याएको छ ।
कम्पनीले ‘हुन्डाइसँग शुभ यात्रा २०८३’ अफर ल्याएको हो । यस अफरमा आकर्षक सुविधाहरू रहेका छन् । यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनौट गरिएका हुन्डाइको मोडेलहरूमा एक लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन् । साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मूल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरलाई अझ आकर्षक बनाउँदै, कम्पनीले बिक्रीपछिका सेवाहरू पनि निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत छ वर्षसम्मको निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी समावेश छ ।
कम्पनीले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यूलाई नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ । पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा योगदान गरिरहेको कम्पनीले जनाएको छ ।