तेल अभिभ । इजरायलको इरानमा भएको आक्रमणले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने मिसाइल, ड्रोन र जहाजजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण उत्पादनका लागि आवश्यक सामग्री हो ।
‘हाम्रा अमेरिकी मित्रहरूसँग मिलेर हामी इरानमा ‘आतंकवादी शासन’लाई दबाउने क्रमलाई जारी राख्छौँ । हामी कमान्डरहरूलाई निशाना बनाउँदै छौँ । पुलहरूमा बमबारी गर्दै छौँ, पूर्वाधारहरूमा बमबारी गर्दै छौँ’, नेतन्याहूले एक भिडियो वक्तव्यमा भनेका छन् । उनले भने, ‘हालैका दिनमा वायु सेनाले इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमतालाई नष्ट गरेको छ ।’
रिभोलुसनरी गाड्र्सलाई वित्तीय स्रोत र धेरै हतियार उत्पादन गर्ने क्षमताबाट वञ्चित गर्न यो एक ठूलो उपलब्धि भएको उनको दाबी छ । इरानका दुई ठूला स्टिल प्लान्टहरू अमेरिका र इजरायली हवाई आक्रमणका कारण कारवाहीमा परेका छैनन् । इरानको खुजेस्तान स्टिल कम्पनी र मोबाराकेह स्टिल कम्पनीले प्लान्टको पुनर्संरचना गर्न महिनौँ लाग्ने उनको दावी थियो ।
रिभोलुसनरी गाड्र्सले स्टिल प्लान्टमा भएको आक्रमणको बदलामा यस क्षेत्र र इजरायलका औद्योगिक क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ । रासस/एएफपी