काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको कार्यसमिति र पूर्व अध्यक्षसहित सोमबार अर्थमन्त्रलयमा अर्थमन्त्रीसँग भेटघाट सम्पन्न भएको छ । उक्त भेटमा अर्थमन्त्रीले निकै सकरात्मक रुपमा स्टक ब्रोकर्स एसोसिएसनलाई सम्बोधन गरेका छन् । जसमा संस्थागत लगानीकर्ताहरूलाई सेयरबजारमा सहज बनाउने तथा लगानीकर्ताहरूलाई सुरक्षा गर्ने विषयमा अर्थमन्त्रीले जोड दिए ।
पुँजीबजार आफैँमा पारदर्शी र व्यवसायिक भएकाले कोही पनि अत्तिनु नपर्ने विषयमा मन्त्रीले जोड दिए । त्यसै गरी निजी क्षेत्र १० जनामा ९ जना मान्छेलाई रोजगार दिने क्षेत्र भएको कारण यसलाई हतोत्साहित गर्ने कुनै पनि सरकारको मनसाय नभएको विषयमा अर्थमन्त्री वाग्लेले जोड दिए ।
सरकारले निजी क्षेत्रलाई थप फराकिलो बनाउने हो । यो सरकार भनेको २०४८ सालपछिकै सबैभन्दा उदार सरकार भएकोमा पनि अर्थमन्त्री वाग्लले जोड दिए । निक्षी क्षेत्रको कारणले अर्थतन्त्रको आधार नै फराकिलो हुन्छ । अहिले कसैले सेयरबजारमा चलखेल गर्न थाले आफूहरूले नियमन गर्ने, धितोपत्रबोर्डलाई चुस्त बनाउने विषयमा पनि जोड दिए । हाम्रो घोषणा पत्रमा नै पुँजीबजारको विषयलाई प्रथामिक्ता दिएको विषयमा अर्थमन्त्रीले जोड दिए । पुँजीबजार एक अनुकरणीय व्यवसाय भएको कारण अन्य क्षेत्रलाई पनि यस्तै बनाउने विषयमा पनि अर्थमन्त्रीको जोड दिए ।
नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गर्ने विषयमा अर्थमन्त्रीले जोड दिए । अर्थमन्त्री वाग्लेले सेयर बजारमा मात्रै सम्पत्ति सुद्धीकरणको डंडा नचल्ने विषयमा पनि विशेष जोड दिए । पुँजीबजारमा सबै विषय पारदर्शी भएका छन् । कसले कति कर तिरे भन्ने विषय पारदर्शी भएको कारण कोही पनि डराउनु पर्ने अवस्था छैन । सरकारको छानी छानी कसैलाई पनि धरपकड गर्ने र सेयर बजार बिथोल्ने मनसाय नरहेको विषयमा पनि अर्थमन्त्रीले जोड दिए । सहभागी ब्रोकर्स सदस्यहरूले अहिले पुँजीबजारमा साना लगानीकर्ताहरूको मनोबल खस्केको कारण अर्थमन्त्रीले नेप्से र सेवनलाई राखेर पत्रकार सम्मेलन गर्नुपर्ने विषयमा जोड दिए । यस विषयमा अर्थमन्त्रीले पुँजीबजारमा विश्वासको बातबरण बनाउने जिम्मेबारी आफ्नो पनि रहेको कारण यस विषयमा पनि आगामी दिनमा सोच विचार गर्ने आश्वासन दिए । ब्रोकर्सका तर्फबाट सहभागी सदस्यहरूले सरकारले धरपकडभन्दा पनि कमजोरी गर्ने तथा कानुन उल्लंघन गर्नेलाई धरपकड भन्दा पनि आर्थिक जरिवना गर्नु पर्ने विषयमा जोड दिए । स्टक ब्रोकर्स एसोसिएसनका महासचिव भक्तिराम घिमिरेको नेतृत्वमा सोमबार ब्रोकर्स एसोसिएसनका सदस्यहरू अर्थमन्त्रीलाई भेट्न अर्थमन्त्रलय पुगेका थिए ।