ब्रसेल्स । युरोपेली संघका प्रमुख एन्टोनियो कोस्टाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमा युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानुनी भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पुनः नखोले त्यहाँ नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएपछि यो चेतावनी आएको हो ।
युरोपेली परिषद्का अध्यक्ष कोस्टाले भने, ‘नागरिक पूर्वाधार अर्थात् ऊर्जा सुविधालाई कुनै पनि प्रकारको निशाना बनाउनु कानुनविपरीत काम हुने र यो अस्वीकार्य छ ।’ उनले यो युक्रेनमा रूसको युद्धमा लागू हुने र अन्यत्र (इरान युद्धलाई उल्लेख नगरिकन) पनि लागू हुने उल्लेख गरे ।
इरानी शासनको मुख्य शिकार इरानी नागरिक भएको बताउँदै यो सैन्य अभियानको विस्तारको मुख्य शिकार पनि हुने बताए । उनले अगाडि भने, ‘युरोपेली संघले इरानलाई यस क्षेत्रका देशविरुद्ध आफ्नो आक्रमण तत्काल रोक्न र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाज आवागमनको पूर्ण स्वतन्त्रता पुनः स्थापना गर्न अनुमति दिन आग्रह गर्दछ । मध्यपूर्वमा पाँच हप्ताको युद्धपछि यो स्पष्ट छ भएको छ यो युद्ध कूटनीतिक माध्यमबाट मात्र समाधान गर्न सम्भव हुनेछ’, उनले भने ।