काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सरकारको प्राथमिकतामा रहेको कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा नेपाल बीमा प्राधिकरण र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरूसँग कृषि तथा पशुपन्छी बीमासम्बन्धी कार्यक्रममको अन्तक्रिया सम्पन्न गरेको हो । कम्पनीले केही वर्ष अघि ‘नेकोको अभियान (कृषिमा योगदान’ कार्यक्रमअन्तर्गत अभियानको रुपमा कृषि तथा पशुपन्छी बीमा कार्यक्रम संचालन गरेको थियो ।
नेपाल कृषि प्रधान देश भएकोले कृषकहरूको कृषि तथा पशुपन्छी बीमा गर्ने सन्दर्भमा आइपरेका समस्याहरूको बारेमा कम्पनीका कर्मचारीहरूले राखेको भोगाइका बारेमा बीमा प्राधिकरण र कृषि विभाग तथा पशुसेवा विभागका पदाधिकारीहरूले सो समस्या समाधानका उपायहरू प्रस्तुत गरेका थिए । कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षता र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले नेको इन्स्योरेन्स कृषकहरूसँग जोडिन पाँउनु गौरवको विषय भएको बताए । पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ र बीमा प्राधिकरणका उपनिर्देशक निशा घिमिरेले कम्पनीबाट राखिएका विभिन्न जिज्ञासाहरूको जवाफ दिएको कम्पनीले जानकारी दिएको छ ।