काठमाडौँ । पाटनको दरबार क्षेत्रमा बुधबार अपराह्न छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको स्थानीय बिएण्डबी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको छ ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो । ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई नेम्बाङ दाजुभाइको हत्या अभियोगमा पक्राउ गरिएको छ ।