काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही वैशाख नौ गते कम्पनीको केन्द्रीय कार्यालय तिनकुनेमा आफ्नो ३०औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७० करोड नौ लाख ५५ हजार नौ सय १९ रुपैयाँ मध्येबाट आठ दशमलव ७० प्रतिशतका दरले हुन आउने १४ करोड ७९ लाख ८३ हजार एक सय ६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट शून्य दशमलव ४५ प्रतिशतका दरले हुन आउने ७७ लाख ८८ हजार पाँच सय ८८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्नुका साथै लेखापरिक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्ने तयारी गरेको छ ।