काठमाडौं  । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कवि फुयाँलले पाएका छन् ।

कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त भई कार्य गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उनी उक्त कम्पनीमा उप प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।