काठमाडौं । इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आफ्ना उपभोक्तालाई लक्षित ‘वाटरले पुग्दैन है, एक्स्ट्रिम नै चाहिन्छ’ नामक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ ।
यस क्याम्पेनअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सले तयार गरेको ‘वाटरले पुग्दैन है, एक्स्ट्रिम नै चाहिन्छ’ गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्ने सहभागीहरूमध्येबाट प्रत्येक दिन एकजना विजेतालाई कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपीएलको प्री–म्याच कार्यक्रममा छनौट गरिनेछ । यसरी छनौट भएका सहभागीहरूमध्ये प्रत्येक हप्ता एक जना भाग्यशाली विजेताले भारतमा भइरहेको आईपीएल क्रिकेट प्रतियोगिता चार दिनको भ्रमण प्याकेजसहित निःशुल्क रूपमा प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । यस क्याम्पेनमा सहभागी हुन इच्छुक उपभोक्ताहरूले एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध गीतमा भिडियो बनाई टिकटकमा पोस्ट गर्नुपर्नेछ । साथै पोस्ट गर्दा ह्याट्याग एक्स्ट्रिम इनर्जी ड्रिंक्स प्रयोग गर्नुपर्नेछ । सहभागीहरूमध्येबाट विजेताहरूको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपीएलको प्रत्यक्ष प्रसारणअन्तर्गत प्री–म्याच कार्यक्रममा गोलाप्रथामार्फत गरिने कम्पनीले जनाएको छ ।