काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट परिचालन भएको टोलीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी गराएको छ।
समाचारकक्षका अनुसार पक्राउ अभियुक्तहरूले नाबालिगलाई प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।