काठमाडौं । वाणिज्य बैंकहरूको खुद मुनाफा सामान्य बढेको छ । चालू आर्थिक वर्षको फागुनसम्म २० वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ८९ प्रतिशत अर्थात् ३८ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरूले कुल ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
पछिल्लो आठ महिनामा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाउँदा सबैभन्दा कम नाफा एनआईसी एसिया बैंकले कमाएको छ । यस अवधिमा नबिलले छ अर्ब सात करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले ३० करोड ८३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः चार अर्ब ७८ करोड ७७ लाख र ८२ करोड रुपैयाँ रहेको थियो । चालू आवको पछिल्लो आठ महिनामा ग्लोबल आईएमई, कुमारी र एभरेष्ट बैंकले भने क्रमशः चार अर्ब ६२ करोड २६ लाख, तीन अर्ब ६३ करोड आठ लाख र दुई अर्ब ९० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन ।
गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः चार अर्ब ७२ करोड ९५ लाख, ९६ करोड ९१ लाख र तीन अर्ब ८९ लाख रुपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिमा क्रमशः दुई अर्ब ८८ करोड नौ लाख, दुई अर्ब ७४ करोड ५३ लाख, दुई अर्ब ६४ करोड ६७ लाख र दुई अर्ब ३३ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः चार अर्ब आठ करोड ५७ लाख, दुई अर्ब ५० करोड ३१ लाख, दुई अर्ब ७१ करोड ६७ लाख र एक अर्ब ७२ करोड ४० लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
चालू आवको पछिल्लो आठ महिनाको अवधिमा सानिमा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड र प्रभु बैंकले भने क्रमशः दुई अर्ब सात करोड ३९ लाख, दुई अर्ब चार करोड ८२ लाख, एक अर्ब ८० करोड ८३ लाख र एक अर्ब ७४ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब ६८ करोड ३२ लाख, एक अर्ब २१ करोड ६९ लाख, दुई अर्ब १७ करोड ५३ लाख र दुई अर्ब ११ करोड ५१ लाख रुपैयाँ रहेको थियो । माछापुच्छे«, नेपाल एसबीआई, हिमालयन र कृषि विकास बैंकले पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिमा क्रमशः एक अर्ब ४८ करोड ४५ लाख, एक अर्ब ३८ करोड ५० लाख, एक अर्ब ३२ करोड २६ लाख र एक अर्ब २२ करोड १८ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब १६ करोड २३ लाख, एक अर्ब २४ करोड ९० लाख, एक अर्ब ६६ करोड ९८ लाख र ७३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनामा नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र लक्ष्मी सनराइज बैंकले क्रमशः एक अर्ब १८ करोड ६८ लाख, ८० करोड साता लाख र ५६ करोड पाँच लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब ९८ करोड ८० लाख, एक अर्ब १६ करोड १६ लाख र एक अर्ब ९९ करोड २७ लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए ।