काठमाडौँ । सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सम्बोधन गर्दै छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो बैठकका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।