काठमाडौं,प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले रास्वपाका सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री तथा रामजी यादवलाई श्रम मन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय गरिएको छ। गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।यसअघि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैंसँग राख्दै आएका थिए। त्यस्तै, श्रम मन्त्री रहेका रास्वपा सांसद दीपककुमार साहलाई पार्टी सभापति रवि लामिछाने को सिफारिसमा बिहीबार पदमुक्त गरिएको थियो। नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तारले सरकारको कामकारबाहीलाई थप गति दिने अपेक्षा गरिएको छ।