काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छ ।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए । राष्ट्रपतिको स्वकीय सचिवालयले उनीहरूबीच समसामयिक विषयमा छलफल भएको जनाएको छ ।