काठमाडौं । युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासिलिनले आफ्नो विश्वव्यापी रूपमा सफल उत्पादन भ्यासिलिन ग्लुटा ह्यालाई नेपाली बजारमा सार्वजानिक गरेको छ ।
कम्पनीले सोस्टपर स्किन नामक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । भ्यासिलिन ग्लुटा ह्या एक हल्का तथा छिटो अवशोषित हुने सेरम–इन–लोसन हो, जुन यसको पेटेन्ट प्राप्त ग्लुटाग्लो प्रविधि र ह्यालुरनको प्रयोगमार्फत छालालाई उज्यालो र नमीयुक्त बनाउन तयार गरिएको हो । कम्पनीका अनुसार यो लगाउनासाथ पानीका थोपाहरूमा परिणत हुन्छ र नियमित प्रयोगमा चिपचिपो नहुने, चम्किलो र एकसमान रंगको रूप प्रदान गर्दछ । भ्यासिलिन ग्लुटा ह्या बजारमा हाल २०० मिलि र ७० मिलि प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।