काठमाडौं । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ ।
कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अभियानको सुरु गरेको हो । कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरिएको थियो । साथै फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । त्यस्तै छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको थियो । कार्यक्रममा बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले यो अभियान फुटबलको उत्सवमात्र नभएर फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास भएको बताए । कम्पनीले विशेष कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहेको उनले बताए । यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुसीका क्षणहरूमा कोका–कोलाको भूमिका अझ बलियो बनाउने उनको भनाइ छ ।
कम्पनीले अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ । त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए । कार्यक्रममा फिफा वल्र्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ पनि सार्वजनिक गरिएको थियो । साथै, उक्त कार्यक्रममा कोका–कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वर्ल्ड कप टीभीसी र अन्य प्रचार सामग्री पनि प्रदर्शन गरिएको थियो ।