काठमाडौँ । यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आज सोमबारदेखि पदभार ग्रहण गरेकी छिन् ।

उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । आजै उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।