काठमाडौं । बिसं २०८२ सालको अन्तिम दिनलाई शेयर बजार मिश्रितरुपमा बिदाई गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेट (नेप्सेमा) आज १३ वटा उपसमुहको शेयर कारोबार भएकोमा छ वटा उपसमुहको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेसंगै शेयर बजारलाई नयाँबर्षलाई मिश्रितरुपमा बिदाई गरेको हो ।
शेयर बजार परिसुचक नेप्से आज चार दशमलव १८ अंकले ओरालो लागेर २८ सय ३३ दशमलव ६० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले ओरालो लागेर चार सय ७६ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको एक लाख एक हजार एक सय ८० पटकको कारोबारमा दुई करोड एक लाख ६३ हजार सात सय ९३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कुल कारोबार रकम आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार छ सय ४१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, लघुुवित्त, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।