काठमाडौं । डाबर नेपालको प्रमुख ब्रान्ड डाबर रेड टुथपेस्ट कमेडी दरबार सिजन ३ को शीर्ष प्रायोजक बनेको छ । साथै डाबर नेपालको नयाँ पेय ब्रान्ड हजमोला जीराले पनि सपोर्ट गरेको जनाएको छ ।
कम्पनीका अनुसार यस साझेदारीमार्फत डाबर रेड टुथपेस्टले परिवारमुखी दर्शकहरूसँग अझ गहिरो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । यो साझेदारीले प्रिमियम तथा सांस्कृतिक रूपमा सान्दर्भिक सामग्रीमार्फत उपभोक्तासँग जोडिने डाबर नेपालको प्रतिबद्धतालाई झल्काउने कम्पनीको दाबी छ । यो सिजन बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे प्राइम टेलिभिजनमा प्रसारण हुनेछ । भव्य नयाँ सेट र अझ विस्तारित मनोरञ्जनात्मक ढाँचासहित फर्किएको कमेडी दरबार सिजन ३ ले अझ उत्कृष्ट हास्य, नयाँ प्रस्तुति तथा परिवारका सबै सदस्यले रमाइलो गर्न मिल्ने मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । यस सिजनलाई अझ आकर्षक दृश्य अनुभव र बलियो हाँस्यप्रधान प्रस्तुतिका साथ तयार गरिएको छ ।
कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल महाराजाको भूमिकामा देखिनेछन् भने वरिष्ठ अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा रहनेछिन्। साथै अभिनेत्री दिया मास्केलाई रानीको रूपमा प्रस्तुत गरिएको छ, जसले कमेडी दरबारको अवधारणामा नयाँ आयाम थप्नेछ ।