काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी छिन् ।

पूर्वप्रधानमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गरिन् ।