हामीले शिक्षाको माध्यमबाट वातावरणीय शिक्षा दिएर आफ्नो र समाजको स्वास्थ्य जीवनयापनका लागि चाहिने सफा, स्वच्छ, पानीको महत्व तथा प्रयोग र पानीको सुरक्षा गर्ने बानी र विधिहरुको ज्ञान दिएर पानी प्रदुषित हुनबाट बचाउन सकिन्छ । देशभरि ढल निकासको राम्रो सुविधा प्रदान गर्नुका साथै फोहर मैलाको राम्रो व्यवस्था हुनु जरुरी हुन्छ । ढल निकास नदीमा न मिलाई पानीको स्रोतहरूलाई सुरक्षित ठाउँमा व्यवस्था मिलाउन जरुरी छ । विभिन्न उद्योगहरू र अन्य कारणहरूबाट निष्काशन हुने प्रदुषित पानीलाई पुनः चक्रीकरण गरेर पुनः उद्योगमा ल्याएरै जल प्रदुषणलाई कम गर्न सकिन्छ । प्रदुषित पानीमा मिलेका विभिन्न प्रकारका रेडियो एक्टिभ रासायनिक तथा जैविक पदार्थहरूलाई उपर्युक्त तरिकाहरू अपनाएर हटाउन सकिन्छ ।
मानिसहरूले आफ्नो दैनिक योजनामा पानीलाई अनिवार्य रूपले समावेश गर्नुपर्दछ । पानीको नैसर्गिक गुण नारा भए पछि पानी प्रदुषित हुन्छ र सबैलाई प्रभावित पार्दछ । तसर्थ जल प्रदुषण गर्ने साधनहरूको नियन्त्रण हुनु आवश्यक छ । यसको लागि प्रत्येक राष्ट्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तबरबाट पहल हुनु जरुरी छ । सरकारी तथा स्थानीय तबरबाट पनि जल प्रदुषण हटाउन प्रयास गर्नु आवश्यक पर्दछ । यसको लागि जनजागरण आवश्यक हुन्छ । स्वयंसेवी संगठनको पनि महत्वपूर्ण भूमिका हुन्छ । जल प्रदुषणलाई कम गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको छ जसमा सर्वप्रथम पिउने पानीलाई उपचार विधि प्रयोग गरी शुद्ध गराइन्छ । यो प्रविधि महँगो र सर्बसुलभ नहुने भएकोले प्राकृतिक रूपले नै यसलाई व्यवस्थित गर्न सकिएमा दीर्घकालीन समस्या समाधान हुनेछ । रासायनिक पदार्थलाई चुहावट र क्लोरीनको मात्रा घटाउने, विद्युतीय सामग्रीको उत्पादन गर्दा निस्केका फोहरलाई विशेष च्याम्बरमा राखी गाडी दिने, आधुनिक जैविक प्रविधिको प्रयोग गर्ने, सामुहिक जहाजहरूबाट निस्कने सबै प्रकारको प्रदुषण कम गर्दै लैजाने गर्नु पर्दछ ।
पानीमा आफैं शुद्ध गर्न सक्ने क्षमता निहित भएको हुन्छ तर जब बाह्य तत्वहरु बढी मात्रामा घुलमिल हुन्छन् यसले पानीसँग भएको शुद्धीकरण पक्रियालाई पंगु बनाइदिन्छ, जसले गर्दा पानी प्रदूषित हुन्छ । बागमती नदी प्रदूषणको यही रुप हो जसले अर्को व्यक्तिलाई शुद्ध बनाउँथ्यो तर आज फोहोरको ढल मिसाइनाले उही नै अशुद्ध र काम नलाग्ने भएको छ ।
पानीको प्रदूषण विभिन्न स्रोतहरुबाट उत्पन्न भएको भौतिक र मानवीय तत्वहरुबाट हुन्छ । यी तत्वहरु कुनै पूर्ण रुपमा पानीमा मिल्दछन् भने कुनै त्यसै पानीमा रहेका हुन्छन् । केही प्रदूषकले पानीको रंगलाई बदलिदिन्छन् त कसैले पानीको स्वादलाई बदलिदिन्छन् । जे भए पनि जल प्रदूषकको मुख्य लक्ष्य पानीको मूल गुणलाई नाश गर्नु हो । जल प्रदूषकहरुलाई यिनीहरुको भौतिक तथा रासायनिक गुणहरुको आधारमा २ भागमा बाँड्न सकिन्छ : (क) भौतिक प्रदूषक : तेल, गन्ध, सूक्ष्म, कण, जीवांश, कीटाणु रंग आदि । (ख) रासायनिक प्रदूषकः क्लोराइड, सल्फाइड, कार्बोनेट, अमोनिया, नाइट्रोजन, कीटनाशक औषधि, रोगनाशक औषधि, कृत्रिम रसायन, पारो, नुन, रेडियोधर्मी तत्व आदि ।
वर्गीकरण
स्रोतको आधारमा जल प्रदूषकहरुलाई ४ भागमा विभाजन गर्न सकिन्छ :
क.औद्योगिक प्रदूषकः औद्योगिक अवशिष्ट, रासायनिक तत्व (क्लोराइड, सल्फाइड, कार्बोनेट, अमोनिया नाइट्रोजन, नाइट्रेट्स् आदि), गन्हाउने पानी, भारी धात्विक पदार्थ (पारो, सिसा, तामा तथा आणविक तत्वहरु) । यिनीहरु खोलानाला, पोखरी आदि जलश्रोतहरुमा फाल्नाले पानीको नैसर्गिक गुण ह्रास हुन्छ ।
ख.कृषिजन्य प्रदूषकः यसअन्तर्गत कीटनाशक औषधि, विभिन्न रसायनहरु पर्दछन् । यिनीहरु प्रयोग गरिसकेपछि पानीमा तथा अन्य ठाउँहरुमा फाल्नाले पानी प्रदूषित भइ त्यहाँ रहेको जीवित प्राणीहरु मर्न सक्तछन् ।
ग.नगरीय प्रदूषकः सवारी साधनहरुबाट निस्केको आयन, गन्हाउने पानी, मलमूत्र, मृत शरीर, कपडा धुने सामान आदि पानीको मुहानमा फाल्नाले पानी प्रदूषित हुन जान्छ ।
घ.प्राकृतिक प्रदूषकः यसअन्तर्गत ज्वालामुखीबाट निस्केको पदार्थ, विघटित जैविक सामग्रीहरु आदि । विगलनशीलता ९म्भनचबमबदष्ष्तिथ० को आधारमा जल प्रदूषकहरुलाई २ भागमा बाँड्न सकिन्छ ।
(क) विगलित हुने प्रदूषक । (ख) विगलित नहुने प्रदूषक । जलमा मिल्ने पदार्थ जो जैविक तथा रासायनिक प्रक्रियाबाट घोलिएर पानीमा मिल्दछ भने त्यसलाई गलित प्रदूषक भनिन्छ । जस्तैः कीट रसायन । विगलित नहुने प्रदूषकहरु भन्नाले पानीमा नघुल्ने रसायन भित्र पर्दछन् ।
यसरी जल प्रदूषकहरुलाई विभिन्न वर्गमा विभाजन गरे पनि प्रमुख रुपले अन्य प्रदूषकहरु यसप्रकार छन् ।
१.रोगका कारक तत्वहरुः ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ, हेलिमिन्टस आदि । २. विभिन्न रसायनहरुः पानीमा घोलिने वा नघोलिने तेल, कीटनाशक औषधिहरु आदि । ३. पानीमा घुल्ने अजैविक रसायनहरु जस्तै– एसिड, नुन आदि । ४.केही त्यस्ता वस्तुहरु जुन पानीमा नघुलिइकन रहन्छन् । जस्तैः तेल ५.रेडियो–धर्मी तत्वहरु । ६. ताप आदि । पानी प्रदुषणका कारणले विभिन्न किसिमका असरहरु देखा पर्दछन् । जीवित प्राणीहरुलाई सबैभन्दा बढी मात्रामा आवश्यक पर्ने वस्तु पानी हो । यसको प्रदुषण गर्ने रसायन तथा जिवाणुहरु सजिलै मानिसका शरीरमा प्रवेश गर्दछन् जसबाट मानिसको स्वास्थ्यमा नकारात्मक असरहरु देखा पर्दछन् । पानीको प्रदुषणका कारणले स्थानीय वातावरणमा जैविक विविधताको विनाश लगायतका विभिन्न असरहरु देखा पर्दछन् ।
जल प्रदुषण भन्नाले पानीमा विभिन्न विषालु जीवाणु, ढुषी ९ँगलनगक० सुक्ष्म विरुवा तथा जन्तु, लेउ ९ब्निबभ० जस्ता जैविक प्रदुषक र प्रकाश, आणविक विकिरण, तापक्रम, ध्वनी, खनिज पदार्थ, किटनाशक औषधी रासायनिक मल इत्यादि जस्ता अजैविक प्रदुषक पानीसँग मिसावट भई पानीको आवश्यक गुणस्तर ह्रास हुन जानु हो । तल्लो नदी नालाहरूमा साधारणतया उपल्लो साना–साना जलाधार क्षेत्रहरूमा रहेका कृषि, जमीन, वन जंङ्गल तथा शहरी क्षेत्रबाट पानीसँग मिसिई बग्ने माटो बालुवा तथा अरु प्रदुषणहरू र चर्पी ढल निकास, ढल प्रशोधन केन्द्र फोहोर मैला प्रशोधन केन्द्र, जलाशय तथा खानेपानी प्रशोधन केन्द्र तथा अरु औद्योगिक प्रशोधन केन्द्रहरूबाट सिधै नदी नालामा फालिने दुषित पदार्थको कारणले जलप्रदुषण हुन जान्छ ।
पानीमा उपलब्ध गह्रौ धातुहरूबाट प्राकृतिक प्रदुषण एकातिर भएको छ भने अर्कोतिर घरेलु फोहोर र औद्योगिक कचडाले पनि पानी प्रदुषण बढ्दैछ । अवैज्ञानिक फोहोर निष्काशन प्रक्रिया, पिउने पानी र ढलको उचित व्यवस्थापनको अभाव जहाँ पायो त्यही मलमुत्र त्याग गर्ने आदि तरिकाबाट यी फोहोर पदार्थहरू सिधा खोला, नदी पोखरी तालमा सुक्दछन् । साथै डिस्टीलरी, छाला जुत्ता कारखाना, कपडा, कागज कारखाना, रंग लगाउने उद्योग दुग्धशाला, जीवजन्तु मार्ने स्थल, रासायनिक मल एवं कीटनाशक औषधी उत्पादन कारखाना आदिबाट निस्केको फोहर पदार्थबाट पनि जल प्रदुषण तिब्र हुन्छ ।
पानी प्रदूषणका कारणहरुमा १.कृषि सम्बन्धी फोहोर ९ब्नचष्अगतिगचब िधबकतभ० पानीमा मिसिदा । २.घरेलु तरल पानी वा पानीको मुहानमा मिसिदा । ३.औद्योगिक फोहोर पानीको मुहानमा वा पानीको स्रोतमा मिसिदा । ४. पानी वा समुन्द्रमा तेल चुहावट भई मिसिदा । ५.पानीको प्राकृतिक बहावमा गतिरोध आउँदा । ६.कृषि उत्पादन बढाउन प्रयोग हुने मल तथा कृषिज्नय सामग्री खेतबारीबाट पानीले पखाली पानीमा मिसिदा । ७.विभिन्न उद्योग सञ्चालन गर्दा निस्किएको वाफ पानीमा मिसिदा पानी प्रदूषित हुन्छ । ८.रेडियो धर्मी वस्तुहरु पानीमा मिसिन पुग्दा पानी प्रदूषित हुन्छ ।
सुरक्षित पानीबाट शारीरिक रुग्णता कम हुने मृत्युदर ओर्लने आम्दानी बढ्ने आदि प्रत्येक फाइदा हुन्छन् भने प्रदुषित पानीलाई मृत्यु घोल ९म्भबतज क्थचगउ० को रूपमा लिन सकिन्छ । प्रदुषित पानीको प्रयोगसँग सम्बन्धित प्रमुख रोगहरूमा टाईफाइड, प्यारा टाइफाइड, कमलपित, पखाला, जुका, ग्याष्ट्रोइन्टेरिहिय, हातिपाइले, लुतो, आँखा दुख्ने, ड्राकनकुलियासिस आदि हुने गरेको चिकित्सकहरुको भनाइ छ । साथै पानीमा मिसिएका हानिकारक गर्हौ धातुहरू पारो सिसा, क्याडमियम जिंक, आर्सनिक आदिको सेवनबाट मानिसमा अन्धोपन, बहिरोपना, बौद्धिक क्षमतामा कमी बंशाणु परिवर्तन दिमाग कोष नष्ट हुने स्नायु प्रणालीमा आहार, मांसपेशी खुम्चने मानसिक, तनाव आदि हुन सक्ने देखिन्छ । पानीमा भौतिक, रासायनिक एवं जैविक प्रदुषणको संयोग हुँदा त्यसले तुरुन्तै प्रतिकूल असर देखाइ हाल्छ भन्न सकिन्छ ।
भू तथा जलाधार सम्बन्धी अध्ययनका अनुसार १२ देखि २०० मेट्रिक टन प्रति हेक्टर बराबरको भूक्षय अनुसार नेपालको भू भागबाट प्रति वर्ष बगी अन्यत्र जाने माटोबाट करीब ९६,००० हेक्टर बराबरको उर्बरा जमीन बनाउन सकिन्छ । यस्तो भू–क्षयमा बगेर जाने तीन मुख्य रासायनिक तत्वहरू (नाइट्रोजन, फोस्फोरस र पोटास) को चुहावट मात्र पनि ३,४३,००० टन रासायनिक मल बराबर हुने र यस प्रकारको भू–क्षयबाट भइरहेको रासायनिक मल बराबर हुने र यस प्रकारको भू–क्षयबाट भइरहेको रासायनिक तत्वहरू नेपालको भू–भागमा पुनः संस्थापित गर्ने हो भने पीत वर्ष कम्तीमा रु ९६ करोड बराबरको रासायनिक मलको आवश्यकता पर्ने पनि उक्त अध्ययनमा जनाइएको छ ।
पहाडी क्षेत्रमा प्रति दिन बढ्दै गइरहेको भूक्षयबाट बगी आएको माटोले तराईमा नदीहरूका सतह प्रति वर्ष १५ देखि ३० मिलिमिटर अग्लो पार्दै लगिरहेको छ । नदीहरूको बग्दो अग्लाईको कारणले तराईका क्षेत्रहरूमा बाढीको प्रकोप प्रति वर्ष बढ्दै गई वन, धन, जन तथा उत्पादनमा ठूलो क्षति पुर्याउन थालिसकेको छ । बढ्दो बाढी पहिरो तथा भूक्षयले कैयन पहाडी भेगको वातावरणीय तथा आर्थिक स्थिति अत्यन्तै नाजुक अवस्थामा पु¥याएबाट त्यसक्षेत्रका बासिन्दाहरू प्रति वर्ष बढी संख्यामा बसाई सर्न थालेको सर्वविदितै कुरा हो । लेखक : अधिवक्ता तथा सह—प्राध्यापक, अर्थशास्त्र, भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त)