काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फन्ड (खुलामुखी योजना) का इकाइहरूको अनलाइन कारोबार आजदेखि सुरु हुने भएको छ ।
सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त खुलामुखी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट तथा अनलाइन पोर्टलमार्फत इकाइ खरीद तथा बिक्री गर्न सक्नेछन् । साथै, सानिमा बैंकका सम्पूर्ण शाखा तथा काउन्टरहरूबाट पनि यो सेवा उपलब्ध हुने जनाइएको छ ।
यस योजनामा लगानीकर्तालाई ‘एसआईपी’ (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) मार्फत लगानी गर्ने सुविधा दिइएको छ । सोअन्तर्गत न्यूनतम १ हजार रुपैयाँबाट नियमित लगानी सुरु गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी सानिमा बैंकले बससेवा क्यासब्याक अफर पुनः संचालनमा ल्याएको छ । अफरअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत बसको टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ । यो योजना २०८३ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस अफरमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुयाउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ ।