काठमाडौं । इक्रा नेपाल लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडको गलम स्तर वृद्धि वा अपग्रेड गरेको छ । यो मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउँदछ । यससँगै एनएमबी क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको छ ।
कोष प्रवर्द्धक एनएमबी बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबी क्यापिटलको एनएमबी म्युचुअल फन्डअन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा रहेको छन् । एनएमबी ५० को २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति १.३६ अर्ब कायम रही खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ८६ पैसा रहेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति १.४९ अर्ब कायम रही खुद सम्पत्ति मूल्य (एनएभी) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबी हाइब्रिड फन्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति १.४७ रुपैयाँ अर्ब कायम रही खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ७५ पैसा रहेको छ ।
‘एनएमबी सरल बचत फन्ड–इ’ नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति ४.७३ अर्ब कायम रही खुद सम्पत्ति मूल्य (एनएभी) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) अन्तर्गत हाल ५५,००० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको छ र यो संख्या क्रमिक रूपमा वृद्धि भइरहेको छ । योजनाको आकार २०८२ चैत्र २६ गते ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै यस योजनाको आकार १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट चैत ८ मा स्वीकृति प्राप्त गरेको छ । योजनाको आकार वृद्धि नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/०२ मा बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्रबमोजिम रहेको छ । एसआईपीमा बढ्दो आकर्षण र हालै आकार वृद्विका लागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।