काठमाडौं । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरू सार्वजानिक गरेको छ ।
विभिन्न योजनाहरूअन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षको रूपमा मनाउने बैकको योजना अनुरुप महालक्ष्मी विकास बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत बैंकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्ममाफर्त वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथामार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुनेछन् । विजेता ३ जना प्रयोगकर्ता आन्तरिक पर्यटनअन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडीसहित भ्रमण गर्न पाउनेछन् ।
साथै, डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवर्द्धन गर्नेछ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताले प्राप्त गर्ने फोन पोइन्ट रिवर्ड एपमा जम्मा हुनेछ । यो एप प्ले स्टोर तथा एप्स स्टोरमार्फत डाउनलोड गर्न सकिने छ । यस्तो रिवार्ड पोइन्ट निश्चित सर्तभित्र रहि ग्राहकहरूले विभिन्न सामानहरू खरिद गर्दा तथा अन्य कार्यहरूमा प्रयोग गर्न सक्नेछन् ।
नयाँ वर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जासमेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी कर्जा प्रदान गर्नेछ । यस्तो कर्जाको ब्याजदर सात वर्ष अवधिको लागि स्थिरसमेत रहने छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीनवटा शाखा कार्यालयहरू र करिब आठ लाख ५० हजार भन्दा बढी ग्राहकहरू रहेका छन् ।