काठमाडौं । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्षको लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न विधाका सामानहरूको खरिदमा ८३ प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् ।
नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्न बिजबजारले ल्याएको यो आकर्षक अफर ल्याएको हो । अफर वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकहरूले घरायसी सामान, इलेकट्रोनिक्स, फेसन, र अन्य दैनिक उपभोग्य वस्तुहरूमा छुट पाउनेछन् । नेपाली बजारमा ई–कमर्सको पहुँच विस्तार गर्दै ग्राहकहरूलाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै कम्पनीको वेबसाईटमार्फत पनि यो सेवा लिन सकिनेछ ।