काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से परिसुचक ३३ दशमलव २७ अंकले उकालो लागेर २८ सय ६६ दशमलव ८७ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले उकालो लागेर चार सय ८१ दशमलव ८७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ४४ वटा कम्पनीहरुको एक लाख २३ हजार तीन सय ५९ पटकको कारोबारमा दुई करोड ६४ लाख ३८ हजार पाँच सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख आठ हजार सात सय ९६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।