काठमाडौं । सानिमा बैंकले बससेवा क्यासब्याक अफर पुनः संचालनमा ल्याएको छ । अफरअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत बसको टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ । यो योजना २०८३ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस अफरमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ ।