काठमाडौं । प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंक सञ्चालक समितिको यही चैत्र २७ गते बसेको बैठकले आठ दशमलव ५० प्रतिशतका दरले अग्राधिकर सेयर जारी गर्ने घोषणा गरेको हो । सो अनुसार बैंकले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड इकाइ सेयर जारी गर्ने भएको हो ।