काठमाडौं । सामसङ नेपालले विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । स्मार्ट र अझ रमाइलो होम कुकिङलाई प्रोत्साहन दिने उद्देश्यले यो कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।
मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका थिए । कार्यक्रममा मोडर्न माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउँछ भन्ने प्रदर्शन गरिएको थियो । सहभागीहरूले सामसङका सोलो, ग्रिल/कन्भेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यावहारिक कुकिङ सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाएका थिए ।
सामसङका माइक्रोवेभमार्फत खाना छिटो तताउनेदेखि बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू सेफ उलकले प्रस्तुत गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा सामसङ स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जहाँ सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदाहरू अन्वेषण गरेका थिए । सहभागीहरूलाई वेसपोक एआई वासिङ मेसिन र रेफ्रिजरेटरका रेन्ज जस्ता सामसुङ घरेलु उपकरणहरूसँग एपलाई कसरी लिंक गर्दा दैनिक दिनचर्यालाई सरल बनाउन र समग्र सुविधा बढाउन सकिन्छ भन्ने कुराको परिचय गराइएको थियो ।