काठमाडौं । शेयर बजार परिसुचक नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन ३३ दशमलव २७ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार ३३ दशमलव ८३ अंकले ओरालो लागेर २८ सय ३३ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले ओरालो लागेर चार सय ७७ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको एक लाख ११ हजार छ सय सात पटकको कारोबारमा दुई करोड सात लाख ४३ हजार आठ सय ८४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम नौं अर्ब ३१ करोड २८ लाख ६० हजार आठ सय आठ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै भएको छ ।