काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको नाममा रहेको चार लाख ९७ हजार नौ सय ६० कित्ता सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीले उक्त सेयर हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ । आवेदन दिँदा फिट एन्ड प्रपर टेस्टसम्बन्धी आवश्यक प्रमाणहरूसमेत संलग्न गर्नुपर्ने कम्पनीको भनाइ छ । इच्छुक सेयरधनीहरूले काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेअनुसार रहने छ ।
कम्पनीका अनुसार तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने छ ।