काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ३३ दशमलव ८३ अंकले ओरालो लागेको नेप्से परिसुुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पाँच दशमलव ३६ अंकले उकालो लागेर २८ सय ३८ दशमलव ४० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ५८ अंकले ओरालो लागेर चार सय ७६ दशमलव ८७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ९६ हजार पाँच सय ७३ पटकको कारोबारमा एक करोड ८० लाख ६३ हजार सात सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब ४६ करोड छ लाख ९८ हजार ९८ रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, होटल तथा पर्यटन, उत्पादमुलक, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा, लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक ओरालो लागेका छन् ।