काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात् अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी शनिबार उपचारपश्चात् घर फर्किएका हुन् ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए । उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा सेढाईंले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालिएका थिए । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।